५ फागुन, काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको छानबिनको माग गर्दै अनेरास्ववियुले साझ भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ।
प्रदर्शन र नाराबाजी
सोमबार साँझ लैनचौरस्थित भारतीय दूतावास अगाडि आयोजित प्रदर्शनमा अनेरास्ववियुका कार्यकर्ताहरूले ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर’, ‘गोरखाले न्याय अन्याय सह्न सक्दैन’, ‘मानवताविरोधी गतिविधि बन्द गर’, ‘अबिलम्ब कूटनीतिक संवाद सुरू गर’ जस्ता नारा लगाएका थिए। प्रदर्शनकारीहरूले पम्प्लेटसमेत वितरण गरेका थिए।
छानबिनको माग
अनेरास्ववियुले यसअघि पनि लम्सालको मृत्युको निष्पक्ष छानबिन गर्न भारत सरकारसमक्ष औपचारिक माग राखिसकेको छ। संगठनले नेपाल सरकारलाई समेत यस विषयमा कूटनीतिक पहल गर्न आग्रह गर्दै घटनाको गम्भीर अनुसन्धान आवश्यक रहेको बताएको छ।
यस घटनाले नेपाल-भारतबीचको विद्यार्थी सुरक्षासम्बन्धी मुद्दालाई थप संवेदनशील बनाएको छ।