+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

सशस्त्र प्रहरी नै ठगीको सिकार : दिनेश सापकोटा फेरि पक्राउ

जनवाच
२ महिना अगाडी

काठमाडौं – अपराधको इतिहास बोकेका दिनेश सापकोटाले यसपटक सशस्त्र प्रहरी बलका सात प्रहरीलाई नै ठगेर नयाँ अपराधको श्रृंखला थपेका छन्।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका २७ वर्षीय सापकोटाले सशस्त्र प्रहरी बलका प्रहरीहरूलाई संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाइदिने भन्दै ठगी गरेका हुन्।

ठगीको नयाँ जाल

सशस्त्र प्रहरी बलको एफपियु (Formed Police Unit) मिसनमा अवसर पाइने भन्दै प्रलोभन देखाएर उनले सात प्रहरीलाई ठगेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार उनलाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट पक्राउ गरेको हो।

अपराधको लामो सूची

भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटका स्थायी बासिन्दा सापकोटा यसअघि चोरी, डाँका, बैंकिङ कसुर, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ जस्ता गम्भीर अपराधमा संलग्न रहँदै आएका व्यक्ति हुन्। प्रहरी अभिलेखअनुसार उनी पटक-पटक पक्राउ परे पनि छुट्दै आएका थिए।

ठगी रकम खुल्न बाँकी

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सापकोटाले प्रहरीहरूसँग ठगी गरेको रकमको विवरण भने अझै खुलिसकेको छैन। अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

सापकोटालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ