काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित ब्याजदरअनुसार १८ बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनमा पनि निरन्तरता दिने भएका छन् । भने, दुई वटा बैंकले मात्र ब्याजदर घटाएका छन् ।
ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । लक्ष्मी सनराइज बैंकले फागुनका लागि ०.२५ प्रतिशतले ब्याज घटाएको छ भने ग्लोबल आईएमईले पनि सोही ०.२५ प्रतिशतको दरले ब्याजदर घटाएको छ । अरु सबै बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
माघ महिनामा औसतमा ६.००१ प्रतिशत विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशत नै कायम गरिएको छ ।