+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सचिव सरुवा

राजस्व वृद्धि र अनावश्यक खर्च कटौतीमा केन्द्रित हुँने अर्थसचिव उपाध्यायको प्रतिवद्धता

अर्थ मन्त्रालयले गर्यो सचिव उपाध्यायको स्वागत र डा.घिमेरेको विदाई

जनवाच
२ महिना अगाडी

काठमाडौं । अर्थ मन्त्रालयले सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । योसँगै मंगलबार मन्त्रालयले नयाँ अर्थ सचिव उपाध्यायलाई स्वागत गर्दै सरुवा भएका सचिव डा.रामप्रसाद घिमिरेलाई बिदाइ गरेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा डा। घिमिरले अर्थतन्त्रलाई अनुशासित र गतिशिल बनाउन इमान्दारीपूर्वक योगदान पुर्याएको उल्लेख गर्दै उनको अनुभव र ज्ञानलाई अर्थ मन्त्रालयले आगामी दिनमा पनि लिने बताए ।

अर्थसचिव उपाध्यायले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै राजस्व वृद्धि, पूँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिव डा। घिमिरेले विश्वास गरी राजस्व सचिव र अर्थ सचिवको भूमिमा प्रदान गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई सबल र गतिशिल बनाउन आफूले सदा सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ