काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा ५६ प्रतिशतमाथिको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको कम्पनी यो वर्ष २५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको हो । तुलनात्मक रुपमा यो वर्ष कम्पनीले ५६.५५ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.८७ प्रतिशतले बढेर ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बीमाशुल्क भने १६.५३ प्रतिशतले बढेर ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।
पुस मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा २५ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।
३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १४.७२ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात ४८.०५ गुणा र प्रतिशेयर नेटवर्थ १२६.२३ रुपैयाँ रहेको छ ।