काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा आकर्षक वृद्धि देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुनलामा ८६.७८ प्रतिशतले बढी हो ।
गत वर्ष कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २३.६९ प्रतिशतले बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी कम्पनीले पुस मसान्तसम्म लगानी तथा कर्जाबाट हुने आम्दानी २८.३३ प्रतिशतले बढेर ९५ करोड ६ लाख रुपियाँ पुगेको छ ।
३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ सञ्चित छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ११.७३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १८१.८२ रुपैयाँ रहेको छ ।