+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार भाउ

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

जनवाच
२ महिना अगाडी

काठमाडौं । सुनको मूल्यको उकालो यात्रा जारी छ । केहीँदिन यता लगातार बढिरहेको सुनको मूल्य सोमबार थप १४ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुन प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ९७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ