+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफ इन्स्योरेन्सको छ महिनाको नाफा ४६ करोड ८१ लाख

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले छ महिनामा ४६ करोड ८१ लाख नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । जस अनुसार समीक्षा अवधिमा कम्पनीले ९.४५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १२.२६ प्रतिशत बढेर २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी १४.३५ प्रतिशत बढेर ३३ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै कम्पनीकोको प्रतिशेयर आम्दानी पनि ९९ पैसा बढेर ११.४१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ