+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वीरेन्द्र बैदवारको नेतृत्वमा बीमक संघको नयाँ कार्यसमिति चयन

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल बीमक संघको नयाँ कार्यसमिति चयन भएको छ । सिद्धार्थ प्रिमियर इस्योरेन्सका अध्यक्ष वीरेन्द्र बैदवारको नेतृत्वमा संघको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचिन अधिकृत अधिवक्ता आनन्दबाबु खड्काका अनुसार संघमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भनिए पनि कार्यसमिति पदाधिकारी र सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा नेको इन्स्योरेन्सका अशोककुमार खड्का र महासचिवमा एनएलजी इन्स्योरेन्सका सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इस्योरेन्सका युगेशभक्त वादे श्रेष्ठ र सदस्यहरुमा दि ओरेएन्टल इन्स्योरेन्स कम्पनीका टोटोन चक्रवर्ती, हिमालयन एभरेष्ट इन्सयोरेन्सका अन्जु श्रेष्ठ र प्रभु इन्स्योरेन्सका सन्चित बज्राचार्य निर्वाचि भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ