+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सकारात्मक समीक्षासँगै फिल्म एक्टर टेक वन।

जनवाच
२ महिना अगाडी

काठमाडौं । ‘एक्टर : टेक वन’ले शनिबार देशब्यापी ३३० शो प्राप्त गरेको छ । सकारात्मक समीक्षासँगै फिल्मले शुक्रबारदेखि प्रदर्शन थालेको हो । सार्वजनिक बिदाको दिन देशब्यापी अकुपेन्सी पनि सुखद छ ।

कानूनी अवरोधको कारण पूर्वनिर्धारित मितिभन्दा २ दिन ढिला रिलिज भएको यो फिल्मलाई लिएर दर्शकमाझ उत्साहजनक पर्खाइ छ । फिल्मको शुक्रबारीय अकुपेन्सी अपेक्षाभन्दा न्यून देखिएपनि निर्माता ‘बलियो वर्ड अफ माउथ’को मद्दतमा पिकअप लिनेमा आशावादी छन् ।

शुक्रबार साँझदेखि फिल्मले गति लिएको छ । काठमाडौं र उपत्यकाबाहिर पनि शनिबार बिहानैदेखि अकुपेन्सी राम्रो छ’ निर्माता मोती कार्कीले  भने, पोजेटिभ माउथ पब्लिसिटीको मद्दतमा फिल्मले अझै गति लिनेमा हामी आशावादी छौं ।’

शनिबार बिहानैदेखि दर्शक भेट्न कलाकार प्रदीप खड्का, राजवल्लभ कोइराला, दिब्या रायमाझी हल–हलमा पुगिरहेका छन् । हल भिजिटमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको अभिनेता खड्काले बताए । ‘उत्साहजनक र पोजेटिभ फिडब्याक छ’ खड्काले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ