+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री पौडेलको दाबी

अर्थतन्त्र चलायमान बनाउनका लागि अध्यादेश ल्याएको अर्थमन्त्री पौडेलको दाबी

जनवाच
२ महिना अगाडी

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान बनाउनकै लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेलले उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धिका निमित्त अध्यादेश ल्याएको दोहोर्‍याए।

सरकार एक खालको विशेष परिस्थितिमा बनेकोले सरकारले आफ्नो अभिभारा पूरा गर्ने समेत उनले बताए । उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरूलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए ।

उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले राजश्व सङ्कलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरूलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता सङ्गठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ