+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्जीवन व्यवसायी संघका अध्यक्ष मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका मल्ललाई नेपालको व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ललाई सम्मान प्रदान गरिएको छ। व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदरस्वरुप मल्ल सम्मानित भएको जनाइएको छ । उनी ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।

व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप मल्ललाई सम्मान गरिएको आयोजकले बताएको छ । अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । उनले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ