काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २९ गतेदेखि १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ७० लाख कित्ता हकप्रद निष्कासन गरेको छ । कम्पनीका अनुसार मंसिर ११ सम्म कायम साबिक संस्थापक शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।
यसअघि कम्पनीले हकप्रदमा माघ १० गतेसम्म आवेदन दिन पाइने भनिएपनि अवधि छोट्याएर माघ ४ कायम गरेको हो । आवेदन कम्पनीको कार्यालय तीनकुने काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।