काठमाडौं। पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममाहेम्स अस्पतालमा निधन भएको हो ।
घले केही महिनादेखि ब्लड क्यान्सर लागेर अस्पताल भर्ना भएका थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि उनको निवासमा राखिएको छ । उनको दाहसंस्कार गुरुङ संस्कार अनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
घले सक्सेस ट्राभल्सका संचालकहुन । उनले ट्राभल्ससङ्गै अन्यव्यावसायपनि संचालनगर्दै आएकाथिए ।
नेपालमा गुणस्तरीय पर्यटक भित्राउनकालागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ । घलेको निधन सङ्गै नेपालले एक सफलयुवा पर्यटन व्यावसायी गुमाएको छ । उनको निधनमा विभिन्न ट्राभल्ससङ्ग सम्बन्धित संघ संस्था र पर्यटन व्यावसायीहरुले दुख व्यक्त गरेका छन ।