+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मातृभूभि लघुवित्तको साढे २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

जनवाच
३ महिना अगाडी

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल २२ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल लघुवित्तकै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले के कति रकममा खरिद गर्ने हो सोको व्यहोरा खुलाई लघुवित्तको केन्द्रीय कार्यालय लम्कीचुहा ४ बलिया, कैलाली वा कर्पोरेट कार्यालय बूढानीलकण्ठ, मण्डीखाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि लुघवित्तले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ