+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लिबर्टी इनर्जीको हकप्रद शेयर बिक्री खुला, कसले, कतिसम्म दिन पाउछन् आवेदन ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आज (माघ २) गतेदेखि अवितरित सर्वसाधारण शेयरको हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले कुल ८ लाख २६ हजार ५७४ कित्ता सर्वसाधारण समूहको शेयर बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले १ः०.५ को अनुपातमा हकप्रद बिक्री खुला गरी आवेदन मागेको थियो । तर सर्वसाधारण समूहको शेयरमा आवेदन परेको थिएन । कम्पनीले सोही शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो ।

आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकत सम्पूर्ण कित्ताका लागि आजदेखि माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी गोप्य शिलबन्दी पेश गर्नपर्नेछ ।

आवेदन कम्पनीको बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटल, कमलादी काठमाडौं वा प्रभु बैंकका विराटनगर, वीरगन्ज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखामा बुझाउन सकिनेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ