काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न बैंकको साधारणसभाले लाभांश वितरणको प्रस्तावसहित सञ्चालक समिति समेत चयन गरेको छ ।
बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ ।
त्यसैगरी साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गरेको छ ।साधारणसभा पश्चात लगत्तै बसेको संचालकहरुको बैठकले खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।