+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वीरगञ्जमा भारुको कारोबार गर्ने मनिचेन्जरको लाइसेन्स खारेज

जनवाच
३ महिना अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक मनिचेन्जरको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले वीरगञ्ज, पर्सा केन्द्र रहेर भारतीय मुद्रा (भारु) को विनिमयको कारोबार गर्ने मनोकामना मनिचेन्जर प्रा.लि.को इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको हो ।

राष्ट्र बैंक अन्तर्गतको वीरगञ्ज कार्यालयले एक सूचना जारी गर्दै भारतीय रुपैपियाँ खरिद विक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेन्जर वीरगंज प्रा।लि।, गोश्वरा रोड, वीरगंज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको जनाएको छ।

साथै, अब उप्रान्त सो मनिचेञ्जरसँग कुनै पनि कारोबार नगर्न नगराउनु हुन समेत केन्द्रीय बैंकले सम्पूर्ण सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ