+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुको नाफा

बैंकहरुले पाँच महिनामा कमाए ३४ अर्ब नाफा, कुन बैंकको कति ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले झण्डै ३४ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्मको वित्तीय कारोबारमा क वर्गको वाणिज्य बैंक, ख वर्गको विकास बैंक तथा ग र घ वर्गका वित्त कम्पनीहरुले एकमुस्ट ३३ अर्ब ९७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका हुन् ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.८८ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुले कूल ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ नाफा कमाएका थिए ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कमाएका कूल नाफामध्ये वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् भने विकास बैंकहरुले २ अर्ब २६ करोड २० लाख रुपैयाँ र अन्य वित्त कम्पनीहरुले २८ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।

कुन बैंकले कति नाफा कमाए ? (वाणिज्य बैंक )

नेपाल बैंक लिमिटेड– एक अर्ब २१ करोड ३० लाख
राष्ट्रिय वाणिज्य बैंक– एक अर्ब ४१ करोड
नबिल बैंक– दुई अर्ब ९६ करोड ९० लाख
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक– दुई अर्ब ६० करोड ९० लाख
स्ट्यान्र्ड चार्टर्ड बैंक– एक अर्ब २५ करोड ६० लाख
हिमालयन बैंक– एक अर्ब ८० करोड ४० लाख
नेपाल एसबीआई बैंक– ७० करोड ८० लाख
एभरेष्ट बैंक– एक अर्ब ४० करोड ३० लाख
एनआईसी एसिया बैंक– एक अर्ब ८५ करोड
माछापुच्छ्रे बैंक– ७६ करोड २० लाख
कुमारी बैंक– एक अर्ब ३० करोड १० लाख
लक्ष्मीसनराइज बैंक– ८९ करोड ८० लाख
एसबीआई बैंक– ६२ करोड ३० लाख
कृषि विकास बैंक– ४० करोड ३० लाख
ग्लोबल आईएमई बैंक– दुई अर्ब ७३ करोड ७० लाख
सिटिजन्स् बैंक– ७४ करोड ३० लाख
प्राइम कमर्सियल बैंक– एक अर्ब ९२ करोड ८० लाख
एनएमबी बैंक– एक अर्ब ४५ करोड १० लाख
प्रभू बैंक– 
सानिमा बैंक– एक अर्ब ७ करोड ६० लाख रुपैयाँ नाफा कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ