काठमाडौं । मुलुकको वर्तमान अर्थतन्त्र निकै सकारात्मक बाटोतर्फ उन्मुख रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक केन्द्रीय बैंकले मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुबै आकर्षक बचतमा रहेको देखाएको हो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म शोधनान्तर स्थिति २२५ अर्ब अर्थात् २ अर्ब २५ अर्ब ३४ करोड रुपियाँले बचतमा रहँदा यता चालु खाता १ खर्ब ४० अर्ब रुपियाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा मुलुकको शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोडले बचतमा रहेको थियो भने चालु खाता रु.१४१ अर्ब ३ करोडले बचतमा रहेको थियो ।
यस्तो बचतको स्थिति अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहन पुगेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.३ अर्ब ५० करोड रहेकोछ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर रु.२ अर्ब ८७ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा रु।६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह रु.३ अर्ब ९३ करोड रहेको थियो ।