काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ हजार कित्ता बढी संस्थापक शेयर बिक्री खुला भएको छ । कम्पनीले आफ्नो संस्थापकतर्फ कुल ८ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
यो शेयर जोकोही सर्वसाधारणले किन्न पाउनेछन् । यसअघि नै लघुवित्तले संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ ।
इच्छुक लगानीकर्ताले माघ ११ गतेभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई लघुवित्तको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा निवेदन दिन सक्नेछन् ।