काठमाडौं । नेपाल बीमा प्राधिकरणले रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ । प्राधिकरणले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
योग्य र इच्छुक व्यक्तिले १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वन महाशाखा, सिंहदरबारमा गोप्य खामबन्दी आवेदन दिनुपर्नेछ ।
अध्यक्ष बन्न मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानुन विष्यमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । त्यस्तै, उम्मेदवार सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ ।
बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ । हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
