काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।
कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल श्री वि.के. नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु श्री जे. सेन, श्री मिहिर गोस्वामी, श्री अनिरवन शाह लगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
कलेजका प्रिन्सिपल वि.के. नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागिहरुलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरुलाई नेपालबाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागि गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्वन्धनमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडी बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेश कन्ट्यूनिटी साईकलका सम्वन्धमा प्रशिक्षण प्रदान गरे ।
अभिकर्ताले ग्राहकहरुको रुची, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्रि गर्ने र विक्रि पश्चात पनि आफ्ना ग्राहकहरुसँग सँधै सम्वन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने उनले बताए ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएका करिब ४०० जना भन्दा बढि अभिकर्ताहरु र कम्पनीका माकेटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरे ।