काठमाडौं । नेपाल नेपाली साहसिक खेलकुदको इतिहासमा पहिलो पटक अनुभवी नेपाली प्रशिक्षकहरुले पूर्णरूपमा नेतृत्व गरेको स्काइडाइभिङ कार्यक्रम पोखरामा आयोजना गरिएको छ। हजारौं सफल जम्प र दशकभन्दा बढी अनुभव भएका यी प्रशिक्षकहरुले नेपालको साहसिक पर्यटनमा नयाँ युगको सुरुवात गरेका हुन्।
विगत २२ वर्षदेखि नेपाली आकाशमा सुलभ र सुरक्षित हवाई सेवा प्रदान गर्दै आएको सिम्रिक एयरको हेलिकप्टर प्रयोग गर्दै साहसिक स्काईड्राइभिङ उडान गरिएको हो । कम्पनीले ‘नेपालमै पहिलो पटक’ भन्ने नाराका फायर फाइटिङ, कोभिड पेटेन्ड ट्रान्सफर इन्टरनेशनल सर्च एण्ड रेस्क्यू तथा अन्य रेक्यू फ्लाइटहरु गरिरहेको छ । यसै शिलशिलामा कम्पनीले पहिलोपटक नेपाली अनुभवी नेपाली प्रशिक्षकहरुसँग मिलेर स्काई ड्राइभिङ साहसिक खेलको शुरुवात गरेको सिम्रिक एयरका महाप्रबन्धक मुरलिधर जोशीले बताए ।
कम्पनीले यही १० जनवरी २०२५ देखि २१ जनवरी २०२५ सम्म पोखराको लाउरुक क्षेत्रमा स्काई ड्राइभ सञ्चालन गर्ने जनाइएको छ। यसमा दुईवटा प्याकेज बनाइएको महाप्रबन्धक जोशीले बताए ।
पहिलो डिलक्स र दोस्रोमा भिआईपी प्याकेज रहेकोमा यसको शुल्क क्रमशः ९५ हजार रुपियाँ र एक लाख १५ हजार रुपियाँ तोकिएको छ ।