+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुराना स्टकका इलेक्ट्रिक स्कुटरमा अफरः ग्राहकहरूले सतर्कता अपनाउन ८ सुझाव

जनवाच
३ महिना अगाडी

नेपालमा हाल पुराना स्टकका इलेक्ट्रिक स्कुटरहरूमा भारी छुट र आकर्षक अफर दिने चलन बढ्दो छ । यस्ता अफरले ग्राहकहरूलाई लोभ्याउने गरे पनि, पुराना स्टकका स्कुटर खरिद गर्दा केही महत्वपूर्ण कुराहरूमा सतर्कता अपनाउन आवश्यक छ ।
१) ब्याट्रीको अवस्था
इलेक्ट्रिक स्कुटरको सबैभन्दा महत्वपूर्ण भाग यसको ब्याट्री हो । पुराना स्टकका स्कुटरमा, लामो समयसम्म प्रयोग नगरिएको वा चार्ज नगरेको अवस्थामा ब्याट्रीको क्षमता कमजोर भइसकेको हुनसक्छ । यस्तो ब्याट्रिमा अपेक्षित रेन्ज दिन वा समयमा चार्ज हुन नसक्ने अवस्था आउन सक्छ ।
२) अन्य कम्पोनेन्टहरूको अवस्था
लामो समयसम्म स्टकमा राखिएका स्कुटरका अन्य भागहरूमा पनि असर पर्न सक्छ ।
टायरहरूः समय बित्दै गर्दा टायरको ग्रिप कमजोर हुनसक्छ वा यसको गुणस्तर खस्केको पनि हुनसक्छ ।
ब्रेक सिस्टमः राम्रोसँग काम नगर्ने सम्भावना ।
मोटर र इलेक्ट्रिकल पार्टस्ः लामो समय प्रयोगमा नआउँदा बिग्रन सक्ने ।
३) निर्माण मिति
ग्राहकहरूले स्कुटरको निर्माण मिति अनिवार्य रूपमा जाँच गर्नुपर्छ । निर्माण मितिले स्कुटर कति पुरानो हो भन्ने स्पष्ट संकेत दिन्छ । पुरानो उत्पादन मिति भएका स्कुटरहरू नयाँ स्कुटरको तुलनामा कम गुणस्तरका र कम प्रभावकारी हुन्छन् ।
४) दर्ता नम्बर (Registered Number)
नेपालमा स्कुटरको दर्ता नम्बरबाट पनि यसको उत्पादन लट (Lot) पत्ता लगाउन सकिन्छ । पछिल्लो लटको स्कुटर किन्ने प्रयास गर्नुहोस, किनभने त्यस्ता स्कुटरहरूमा प्राविधिक सुधार र नयाँ विशेषताहरू समावेश हुने सम्भावना अधिक हुन्छ ।
५) बजार अध्ययन गर्नुहोस
बजारमा अहिले धेरै राम्रो र भरपर्दा ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू उपलब्ध छन् । कुनै पनि स्कुटर खरिद गर्नु अघि बजारमा उपलब्ध विकल्पहरूको राम्रोसँग तुलना गर्नुहोस् । इन्टरनेटमा खोजी गर्नुहोस् र ग्राहकको प्रतिक्रिया (Reviews) पनि जाँच गर्नुहोस् ।
६) विक्रेता र वारेन्टी नीतिहरू बुझ्नुहोस्
स्कुटर खरिद गर्दा विक्रेतासँग वारेन्टी, मर्मत सेवा, र स्पेयर पार्टस् उपलब्धताको विषयमा स्पष्ट जानकारी लिनुहोस् ।
७) टेस्ट राइड अनिवार्य गर्नुहोस्
स्कुटर खरिद गर्नु अघि यसको परफरमेन्स बुझ्नका लागि टेस्ट राइड गर्नु महत्वपूर्ण हुन्छ । यसले स्कुटरको गति, पावर, र आरामदायकताको अनुभव दिन्छ । हामि त के भन्छौं भने सकेसम्म नजिकको उकालो बाटोमा २ जना चढेर टेस्ट राइड गर्नुहोस् ।
८) नयाँ मोडेलका पछिल्ला स्टक मात्र खरिद गर्नुहोस्
पुरानो स्टकको सट्टा नयाँ र पछिल्ला स्कुटर खरिद गर्नु उत्तम हुन्छ । नयाँ मोडेलहरूमा उन्नत प्रविधि, उत्कृष्ट डिजाइन, र लामो समयसम्म टिक्ने गुणस्तर पाइन्छ ।
पुराना स्टकमा आकर्षक छुटको अफरमा लोभिनु अघि, दीर्घकालीन उपयोगिता र गुणस्तरलाई ध्यानमा राखेर निर्णय लिनु पर्छ । सतर्कता अपनाएर, गुणस्तरीय स्कुटर छनोट गर्दा मात्र तपाईंको लगानीले उचित प्रतिफल दिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ