+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज कस्तो रहन्छ देशभरको मौसम ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु लागेको अवस्था छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सुरकुहिरो सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ