+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

छ अर्ब लागतमा ललितपुरमा सञ्चालनमा आयो पाँच तारे होटल ‘टुलिप’

जनवाच
३ महिना अगाडी

काठमाडौं। पर्यटन उद्योगमा सक्रिय गुण समूहले ललितपुरमा सुविधासम्पन्न पाँच तारे होटल टुलिप सञ्चालनमा ल्याएको छ । करिब १६ रोपनी जग्गामा सञ्चालनमा ल्याइएको होटलको बुधबार मात्र औपचारिक उद्घाटन गरिएको हो ।

कार्यक्रममा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य र लुभ्र होटलका निर्देशक एवम् भारतको होटल सरोवरका अध्यक्ष अजयकुमार बकायाबिच सो होटल सञ्चालनका लागि औपचारिक सम्झौता भएको छ।

होटलले फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी आज देखि नै म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको गुण समूहका अध्यक्ष शाक्यले बताए । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरेको उनले भनाइ छ ।
होटल ६ अर्ब लागतमा तयार भएको अध्यक्ष शाक्यले बताएका छन् । आधुनिक र सुविधासम्पन्न होटलमा ३०२ कोठाहरु रहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ