काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशतको निश्चित ब्याजदरमै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सक्ने छन् ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।
यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउने छन् ।
दिपल एस०७ र दिपल एल०७ मा १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचरहरु छन्, जसले दिपल इभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको इभी बनाइदिएको छ । यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् ।