+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

होटलको संख्या करिब डेढ लाख पुग्यो, स्तिरिय कति ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या करिब डेढ लाख पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार होटल तथा रेष्टुरेन्टको संख्या १ लाख ४० हजार २२३ पुगेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको सर्भेक्षणमा कुल १ लाख ४१ हजार २२३ वटा आवास तथा भोजन सेवासँग सम्वन्धित प्रतिष्ठानहरु रहेको उल्लेख गरिएको छ । ती संस्थाहरुमा कुल ३ लाख ८७ हजार ७४७ जना आवद्ध भएको सर्भेक्षणले देखाएको छ । यो सो क्षेत्रका आवद्ध व्यवसायी तथा उनीहरुका साझेदार, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिको समेत संख्या हो ।

यो संख्यामध्ये १ लाख ६ हजार ४५९ जना मात्रै तलबी कर्मचारी भएको प्रतिवेदनले देखाएको छ । नेपाल स्ट्यान्डर्ड औद्योगिक वर्गीकरणको ‘आई’ खण्ड अन्तर्गत पर्ने अल्पकालीन आवास सुविधा प्रदान गर्ने वा जुनसुकै प्रकारको भोजन सेवा उपलव्ध गराउने प्रतिष्ठान यस अन्तर्गत रहेको कार्यालयले जनाएको छ ।

यी प्रतिष्ठानहरुमा होटल, रिसोर्ट होटल, अपार्टमन्ट होटल, मोटल, मोटर होटल, पाहुनाघर, धर्मशाला, पेन्सन्स आवास, बिछौना र खाजा, हेलिडे होम, कटेज क्याबिन, यूवा आवास तथा हिमाली आश्रय लगायत रहेका छन् । पाँचतारे होटलदेखि सडकको छेउमा हुने खाजा पसलसम्म यस अन्तर्गत समावेश गरिएको कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ