+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्लाहीमा यात्रुबाहक बस पल्टिँदा सशस्त्र प्रहरीका इन्सपेटर तुलधरको मृत्यु

जनवाच
३ महिना अगाडी

काठमाडौं । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो ।

बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

छतौनाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ०१–००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएर इन्सपेक्टर तुलाधरलाई थिचेको थियो ।
सशस्त्र प्रहरी १० नम्बर गण दरबन्दीका इन्सपेक्टर तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ