+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन प्रबर्द्धन

नेपालको पर्यटन क्षेत्र लयमा फर्कियो, सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक भित्रिए

जनवाच
३ महिना अगाडी

काठमाडौं । सन् २०२४ मा ११ लाख ४७ हजार २४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १४ प्रतिशतले पर्यटक आगमन बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो ।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार यस वर्ष दैनिक सरदर तीन हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । तथापि, सन् २०२० देखि २०२२ सम्म भने पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ