+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिको धनी प्रदेश हो : मन्त्री पाण्डे

जनवाच
३ महिना अगाडी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको बताएका छन् । सुदूरपश्चिम कलाकार समाजद्वारा आयोजित पुस १५ विविध सांस्कृतिक कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिले धनी प्रदेश हो। यहाँको कला क्षेत्रलाई मुलधारमा ल्याउन सफल कलाकारहरू प्रति उच्च सम्मान छ।दूरदराजमा रहेका हाम्रा भाषा,संस्कृतिलाई मूूलधारमा ल्याउने तपाईंहरको भूमिका महत्त्वपूर्ण छ।’

मन्त्री पाण्डेले पुस १५ लाई सुदूरपश्चिमले ठुलो पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै यसपर्वलाई रात छोटा र दिन लामा हुनुका साथै चिसो मौसम अन्त्य भएर न्यायो मौसमको सुरूवातको रूपमा मनाउने गरेको पनि बताए ।

मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहनतका कारण दूरदराजका कला संस्कृतिहरूको उजागर र संरक्षणमा टेवा पुगको बताए । उनले सुदूरपश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताए। उक्त समारोहमा देउडा सम्राट एवम् नेपाली राष्ट्रिय गान छनौट समितिका सदस्य नन्दकृष्ण जोशी लगायतका दर्जनौं कलाकारहरुले आफ्नो प्रस्तुति छलिया नाच, देउडा नाच प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ