काठमाडौं । कालिञ्चोक दर्शन प्रा.लि. केबलकारले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । यही प्रस्ताव राखेर कम्पनीले पुष २९ गते साधारणसभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लेखापरीक्षक नियुक्त गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १४ सम्म कायम रहने शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन् ।