काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर शनिबार बिहान गएको ५.२ म्यागनेच्युटको भूकम्पबाट १५ वटा घरमा पूर्णरूपमा क्षति पुर्याएको छ ।उक्त भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा र १५० वटा घरमा आंशिक क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ ।