+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घरजग्गा कारोबार

बढ्यो घरजग्गाको कारोबार, पाँच महिनामा १६ अर्ब ५८ करोड राजस्व संकलन

जनवाच
४ महिना अगाडी

काठमाडौं । चालु आर्थिक एक लाख ८४ हजार ५३ वटा घरजग्गा कारोबार भएको छ । यो गत आवको मंसिर महिनाको तुलनामा चार प्रतिशतले बढि हो । गत आवको मंसिरमा ४१ हजार ८५१ वटा घरजग्गा कारोबार भएको थियो ।
साउनमा ४३ हजार ८३५ घरजग्गा कारोबार भएकोमा भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७, कात्तिकमा ३३ हजार ५१४ र मंसिरमा ४३ हजार ३७९ वटा यस्तो कारोबार भएको हो ।
गत आवको साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१, कात्तिकमा २६ हजार ४६ र मंसिरमा ४१ हजार ८५१ गरेर पाँच महिनामा एक लाख ८२ हजार ७२७ वटा यस्तो कारोबार भएको थियो । गत आवभरमा भने पाँच लाख ३७ हजार २९५ वटा घरजग्गाको कारोबार भएको थियो ।
मंसिरमा घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजश्व पनि बढेको छ । गत आवको मंसिर महिनामा घरजग्गा कारोबारबाट सरकारलाई दुई अर्ब ८६ करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो ।

चालु आवको मंसिर महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजश्व प्राप्त भएको छ । घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको बिभागको भनाइ छ ।

चालु आवको पाँच महिनामा भने घरजग्गा कारोबारबाट १६ अर्ब ५८ करोड ५४ लाख रुपियाँ राजश्व प्राप्त भएको छ । साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व उठेकोमा भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार रुपैयाँ, असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार रुपैयाँ र कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ राजश्व उठेको थियो । गत आवको पाँच महिनामा १५ अर्ब सात करोड १८ लाख रुपियाँ राजश्व उठेको थियो ।

कहाँ कति भयो कारोबार ?
समीक्षा महिनामा काठमाडौं उपत्यकामा तीन हजार ७०९ वटा घरजग्गाको कारोबार भएको छ । गत कात्तिकमा उपत्यकामा दुई हजार ७०९ वटा घरजग्गाको कारोबार भएको थियो । अहिले त्यो बढेको देखिन्छ । मंसिरमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ८३९ र गोटीखेल मालपोत कार्यालयबाट २६ वटा घरजग्गा कारोबार भएको छ ।

यस्तै, भक्तपुर मालपोत कार्यालयबाट ८८८ वटा घरजग्गा कारोबार भएको देखिन्छ । काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १९५, चावहिल मालपोत कार्यालयबाट ४२४, कलंकी मालपोत कार्यालयबाट ४२४, मनमैजु मालपोत कार्यालयबाट २३८, साँखु मालपोत कार्यालयबाट ३४२ र टोखा मालपोत कार्यालयबाट १४८ घरजग्गाका कारोबार भएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ