+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसिया कप

एसीसी–१९ महिला एसिया कपमा आज नेपालले भारतको सामना गर्ने

जनवाच
४ महिना अगाडी

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा आज नेपालले भारतको सामना गर्दैछ । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ । भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

आईसीसी यू–१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू–१९ विश्वकप र यू–१९ एसिया कपमा छनोट भएको थियो । यू–१९ महिला विश्वकप पनि आगामी जनवरीफेब्रुअरीमा हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ