+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जर्जियाको स्की रिसोर्टमा ११ जना भारतीयको मृत्यु

जनवाच
४ महिना अगाडी

काठमाडौं । जर्जियाको स्की रिसोर्टमा ११ जना भारतीयको मृत्यु भएको फेला परेको छ । स्थानीय प्रहरीका अनुसार जर्जियाको गुदौरीस्थित एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक जर्जियाई गरी १२ जनाको शव फेला परेको हो ।

जर्जियाको तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो । दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

एएफपी समाचार एजेन्सीका अनुसार उनीहरु सुत्ने ठाउँमा मृत फेला परेका थिए र प्रारम्भिक अनुसन्धानमा शवमा घाउचोट लागेको पनि देखिँदैन ।
कार्बन मोनोअक्साइड ग्याँसका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । अधिकारीहरुका अनुसार शुक्रबार बत्ती गएपछि त्यहाँ तेलबाट चल्ने जेनेरेटर प्रयोग गरिएको थियो । यसबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ