+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएल

एनपीएलमा आज कर्णाली विरुद्ध लुम्बिनी लायन्स र चितवन विरुद्ध विराटनगर किंग्स भिड्ने

जनवाच
४ महिना अगाडी

काठमाडौं। काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा कर्णाली याक्स विरुद्ध प्लेअफको दौडबाट बाहिरिइसकेको लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा चितवन राइनोज विरुद्ध विराटनगर किंस मैदानमा उत्रिनेछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

यसअघि ६ खेलमा पारजित भएर प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी आज लिगकै अन्तिम खेल खेल्दैछ । अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । ५ खेल खेल्दा ३ मा जित र २ मा हारबाट ६ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा छ ।

सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ । लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको एक कदम नजिक पुग्नेछ ।
दोस्रो खेलमा प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबसहित विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ