+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेमिट्यान्स ९ प्रतिशतले बढ्यो, चार महिनामा ५ खर्ब २१ अर्ब भित्रियो

जनवाच
४ महिना अगाडी

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको वित्तीय तथ्यांक सार्वजनिक गर्दै यस्तो तथ्य पेश गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.५६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,४७,४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४,१०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १३७,४७५ र ६८,८४१ रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ