+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्वपूर्ण सफलता हासिल गर्दै बर्षा बस्नेतले टीभीएस मोटोसोल २०२४ को १२५सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छिन् । टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो ।

विगत ३ संस्करणदेखि चौथौँ संस्करणसम्म आइपुग्दा यसले मानिस र मेसिन बिचको सम्बन्धलाई केन्द्रमा ठाउँमा उभ्याउँदै आइरहेको छ । संसारभरका मोटर राइडिङ समुदायहरूलाई एक ‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिंग’, भन्ने नारासहित आयोजित यो महोत्सवको यो चौथो संस्करण हो ।

महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असिमित उत्साहले भरिदिएको आयोजकहरुले जानकारी दिएको छ । महोत्सवको यस चौथौँ संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ ।

विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको यस महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफुलाई स्थापित गर्दै गइरहेको छ । बर्षा बस्नेतको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नक्शामा झन्मजबुत रूपमा प्रस्तुत गरेको छ ।

टीभीएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई, उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् । टीभीएस मोटोसोलका आयोजकहरूले महोत्सवको सफलताका लागि आभार व्यक्त गर्दै भने, “यो महोत्सव केवल रेसिङ र इभेन्टको बारेमा मात्र नभइ मानिस र मेसिनको अमिट सम्बन्धको उत्सव हो ।

यो भावना हाम्रो हरेक संस्करणमा झल्किन्छ, र यस वर्ष बर्षा बस्नेतजस्ता प्रतिभाहरूले यसलाई अझ विशेष बनाइदिएका छन् । टीभीएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करणहरू प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको आयोजकले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ