+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएल

एनपीएलमा आज जनकपुर विरुद्ध सुदूरपश्चिम र काठमाडौं विरुद्ध लुम्बिनी भिड्दै

जनवाच
४ महिना अगाडी

काठमाडौं । मंसिर १५ गतेदेखि राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज पहिलो खेलमा जनकपुर बोल्ट्सको सामना सुदूरपश्चिम रोयल्सले गर्नेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

हालसम्म अपराजित रहदै ८ अंकसहित शीर्ष स्थानमा रहेको जनकपुर र एक खेलमात्रै हारेर ६ अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यस्तै यता आफ्नो पाँच खेलमा चार खेल हारेको लुम्बिनी लायन्सलाई आज जसरी पनि काठमाडौंलाई हराउने दबाबमा छ । यदी आज लुम्बिनी काठमाडौंसँग हारे खेलबाट बाहिरिनेछ । काठमाडौं गुर्खाज भने आज लुम्बिनीसँग थप जित निकाल्दै आफ्नो एनपीएल खेलमा थप शसक्त बन्ने दाउमा छ । दोस्रो खेल आज दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ