+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएल

एनपीएलमा सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, चितवन राइनोजले ३३ रनले हरायो

जनवाच
४ महिना अगाडी

काठमाडौं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ब्रेक लाग्न पुगेको छ । आइतबार भएको चितवन राइनोज र सुदूरपश्चिम रोयल्सको खेलमा चितवन राइनोजले ३३ रनले हराउँदै सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाएको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती ब्याटिङको निर्णय लिएको चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम रोयल्सले भने १८.२ ओभरमा अलआउट हुनुअघि एक सय ३१ रनमात्र बनाउन सक्यो ।

हालसम्म चार खेल खेलेको चितवन राइनोजको यो तेस्रो जित हो । एक खेलमा भने चितवन राइनोज पराजित भएको थियो । चार खेल खेलेको सुदूरपश्चिम रोयल्सको यो पहिलो हार हो । सुदूरपश्चिम रोयल्स यसअघि लगातार तीन खेलमा विजयी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ