+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नोबेल मेडिकल कजेजद्धारा २०० प्रतिशत लभांश घोषणा

जनवाच
४ महिना अगाडी

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले २०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हस्पिटलले गत आर्थिक वर्ष २०८०र०८१ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको करसहित २०० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

लाभांश पारित गर्न तथा साधारणसभा प्रयोजनका लागि हस्पिटलले साधारणसभा डाकेको छ । सभा पुस ९ गते कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभामा लेखापरीक्षकसहितको वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह वितरणलगायका विषयमा छलफगरी हुनेछ ।

त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनी समूहका ३ जना सञ्चालक निर्वाचन गर्नेछ ।
त्यसैगरी अस्पताललको स्तरवृद्धिका लागि विभिन्न स्वास्थ्य उपकरण खरिद गर्ने, घरजग्गासमेत खरिद गर्ने तथा आवश्यक स्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्नेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १ गतेदेखि ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर ३० गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ