+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीन भ्रमण

अन्ततः नेपालले गर्यो बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

जनवाच
४ महिना अगाडी

काठमाडौ। अन्ततः नेपालले चिनियाँ रणनीतिक विकास योजना बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेको छ । बीआरआईमा सहमति गर्ने कि नगर्ने भन्ने अन्योलताकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार नेपाल र चिनियाँ पक्षबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा बीआरआई उल्लेख थिएन ।
तर नेपाल र चीनबिचको संयुक्त १२ बुँदे वक्तव्यमा भने वान बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ