+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बोर्ड ब्याजमा पैसा लगानी गर्न बैंक खोज्दै

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरूको खोजी गरेको छ । बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम एक वर्षका लागि मुद्दतीमा राख्न चाहेको हो ।

इच्छुक ‘क’ वर्गका बैंकहरूले आफूले दिन सक्ने एकवर्षे ब्याजदरसहित आजका मितिले ५ कार्यदिनभित्र कार्यालय समयभन्दा एक घण्टाअगाडि शिलबन्दी पेश गर्नुपर्नेछ । शिलबन्दी सोही दिन अपरान्ह सवा ४ बजे बार्डको कार्यालय खुमलटारमा खोलिने जनाइएको छ ।

शिलबन्दी फाराम बोर्डकै वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । साथै थप जानकारीका लागि बोर्डको लेखा तथा वित्त शाखामा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ