+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुला, आजदेखि वैदेशिक रोजगारीमा जानेहरुले भर्न पाउने

जनवाच
४ महिना अगाडी

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई प्राथमिक शेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आज (मंसिर १९ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट १०० अंकित दरमा चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न कम्पनीले स्वीकृति पाइसकेको छ ।

तर पहिलो चरणमा भने कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई साधारण शेयरको १० प्रतिशत अर्थात् १०० अंकित दरका २ लाख २५ हजार कित्ता शेयर निष्कासन गरेको हो ।वैदेशिक रोजगारमा रहेका नेपालीले मंसिर १९ गतेदेखि पुस ३ गते बैंकिङ समयसम्म न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार रुपियाँबराबरको ६७ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने १ करोड १२ लाख ५० हजार रुपियाँबराबरको १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको १८ करोड ४५ लाख रुपियाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गर्नेछ । साथै वैदेशिक रोजगारीमा रहेकालाई बिक्री प्रस्ताव गरिएको शेयर बाँकी रहेमा सो समेत थप गरी सर्वसाधारणमा बिक्री खुला गर्ने कम्पनीले बताएको छ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ