+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उखुको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि !

जनवाच
४ महिना अगाडी

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । साविकको मूल्यमा प्रतिक्विन्टल झन्डै २० रुपैयाँले वृद्धि गर्दै समर्थन मूल्य तोकेको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गर्दै ५ सय ८५ रुपैयाँ पुर्‍याइएको हो।

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ