काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भित्रिएको रेमिट्यान्सको तुलनामा ११।५ प्रतिशतले बढी हो । मंगलबार आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
अघिल्लो वर्षको यसै अवधिमा यस्तो विप्रेषण आप्रवाह २५।८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० ४ खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९,९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ११३,३९७ र ४९,२९७ रहेको थियो ।