काठमाडौं । आज २०८१ मंसिर २ गते आइतबार । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज युरो र पाउन्डको भाउ बढेको छ भने हङकङ डलरको स्थिर रहेको छ ।
आज युरो १ को खरिद दर १४२.५१ रुपैयाँ र बिक्री दर १४३.१५ रुपयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १४१.६१ रुपैयाँ र बिक्री १४२.२४ रुपैयाँ थियो ।
त्यसैगरी शुक्रबार पाउन्ड १ को खरिद मूल्य १७०.३० रुपैयाँ र बिक्री मूल्य १७१.०६ रुपैयाँ रहेकामा यसदिन बढेर खरिद १७०.८७ रुपैयाँ र बिक्री १७१.६३ रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
साथै, आज हङकङ डलर १ बराबर खरिद १७.३१ रुपियाँ र बिक्री १७.३९ रुपियाँ रहेकामा शुक्रबार पनि सोही दर कायम थियो ।
आज अमेरिकी डलर एकको खरिददर १३४.७४ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.३४ रुपैयाँ रहेको छ ।