+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोराही सिमेन्ट ५१ करोड ३७ लाख घाटामा

जनवाच
५ महिना अगाडी

काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समीक्षा अवधिमा कम्पनीको नोक्सानी बढेर ५१ करोड ३७ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने घटेर ६६ करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८८ करोड ८८ लाख रुपैयाँ रहेको थियो।

४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन अर्निङमा १ अर्ब ६७ करोड, अन्य जगेडा कोषमा ७ करोड ९० लाख रुपैयाँ र सेयर प्रिमियमा २ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ६३ पैसा रहेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ